धनकुटाका सुनचाँदी कालीगढहरुलाई खाद्यन्न वितरण

Dkt rahat 29

धनकुटा । नेपाल सुनचादी कला व्यवसायी संघ धनकुटाले धनकुटाका सुनचादी कालीगढहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा धनकुटाको पाख्रिवास, हिले, धनकुटा बजार र सिधुवा बजारमा रहेका सुनचादी पसलका कालीगढहरुलाई राहत स्वरुप खाद्यन्न लगायतका सामाग्री वितरण गरेको हो ।

लकडाउनका कारण व्यवसाय बन्द भई दैनिक उपभोग्य वस्तुहरुको अभावमा परेका धनकुटाका सुनचाँदी पसलमा कार्यरत ३२ जना कालीगढहरुलाई २५ केजीको दरले चामल, दाल, तेल, नुन, सावुन लगायतका विभिन्न अत्यावाश्यक दैनिक खाद्यान्न सामग्रीहरु उपलब्ध गराएको हो ।

धनकुटा बजारमा रहेका सुनचाँदी पसलका कालीगढहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल सुनचादी कला व्यवसायी संघ धनकुटाका अध्यक्ष शंकर ल्वागुन, सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका रुपेश श्रेष्ठ, सुनचाँदी कला व्यवसायी संघ धनकुटाका सहसचिव शिखर श्रेष्ठ, कोषाध्यक्ष मनोज ल्वागुन लगायतले दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु प्रदान गरे ।

हिले बजारका सुनचाँदी पसलका कालीगढहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल सुनचादी कला व्यावसायी संघ धनकुटाका अध्यक्ष शंकर ल्वागुन, सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका रुपेश श्रेष्ठ, सुनचाँदी कला व्यवसायी संघ धनकुटाका सहसचिव शिखर श्रेष्ठ, कोषाध्यक्ष मनोज ल्वागुन, सदस्य दिपेन विश्वकर्मा लगायतले दैनिक उपभोग्य समाग्रीहरु प्रदान गरे ।

पाख्रिवास बजारका सुनचाँदी पसलका कालीगढहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल सुनचादी कला व्यवसायी संघ धनकुटाका अध्यक्ष शंकर ल्वागुन, सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका रुपेश श्रेष्ठ, सुनचाँदी कला व्यवसायी संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका सदस्य देवबहादुर गहतराज, सहसचिव शिखर श्रेष्ठ, कोषाध्यक्ष मनोज ल्वागुन, पाख्रिवासका समाजसेवी तथा यूवा व्यवसायी कोपिन मानन्धर लगायतले दैनिक उपभोग्य सामाग्रीहरु प्रदान गरे ।

सिधुवा बजारका सुनचाँदी पसलका कालीगढहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल सुनचाँदी कला व्यवसायी संघ धनकुटाका अध्यक्ष शंकर ल्वागुन, सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका रुपेश श्रेष्ठ, सदस्य नविन श्रेष्ठ, सहसचिव शिखर श्रेष्ठ, कोषाध्यक्ष मनोज ल्वागुन लगायतले दैनिक उपभोग्य समाग्रीहरु प्रदान गरे । सो अवसरमा धनकुटा जिल्लाका सुनचाँदी पसलका कालीगढहरुलाई धनकुटा उद्योग बाणिज्य संघले मास्क वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस