आज एकै दिन २४ जना थपिए संक्रमित, नेपालमा १३४ पुग्यो संक्रमितको संख्या

Corona update

काठमाडौं । सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ ।

यसअघि सोमबार नै कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार साँझ प्राप्त भएको रिपोर्टअनुसार कपिलवस्तुकै थप ६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कपिलवस्तुमा मात्र कोरोना भाइरसको संक्रमण देखिने व्यक्तिको संख्या २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देही र बर्दियामा गरी १३ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ गरी १३ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकामा कपिलवस्तुका ६, रुपन्देहीका ६ तथा बर्दियाका १ जना छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि गाउँपालिका–७ घर भएका १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु छन् ।

यस्तै, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ घर भएका २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् । बर्दियाको राजापुर–५ घर भएकी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस