वान हार्टले रामेछापमा दियो १० लाखको स्वास्थ्य सामाग्री

Ramechap helth rahat

रामेछाप । वान हार्ट वल्ड वाईडले रामेछापका स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण प्रदान गरेको छ ।

कोरोना भाइ्रसको संक्रमणविरुद्ध पहिलो घेरामा खटिने रामेछापका स्वास्थ्यकर्मीका लागि सो संस्थाले चार वटा प्याकेज बनाएर जिल्लाकै ८ वटा स्थानीय तहअन्तर्गतका स्वास्थ्य केन्द्रहरुलाई १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

विभिन्न हरेक वर्थिङ/ननवर्थिङ सेन्टर एवम एक/एक वटा क्वारेन्टाइन केन्द्र र जिल्ला अस्पताललाई विश्व स्वास्थ्य संगठनबाट प्रयोग गर्न उचित ठहरिएका व्यक्तिगत सुरक्षा सामाग्री तथा स्वास्थ्य संस्थामा प्रयोग हुने उपकरणहरु प्रदान गरेको हो ।

अन्तर्राष्ट्रिय स्तरको सो संस्थाले थर्मल गन ४६ वटा एन ९५ माक्स १ सय ४७ , सर्जिकल माक्स ११ हजार ४ लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको वान हार्ट वल्र्ड वाईड रामेछापकी जिल्ला संयोजक निशा गिरीले बताइन् ।

संस्थाले प्रदान गरेको स्वास्थ्य सामाग्री तथा स्वास्थ्य संस्थामा प्रयोग हुने उपकरण जिल्ला तथा सबै स्थानीय तहसँग आवश्यक समन्वय गरी वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमित्त स्वास्थ्य प्रमुख जितेन्द्रकुमार कर्णले जानकारी दिए ।

वान हार्ट वल्र्ड वाईडले रामेछाप जिल्लामा विगत दुई वर्षदेखि मातृ तथा शिशु स्वास्थ्यको श्रेत्रमा काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...