आरडिटी पोजिटिभ देखिएका प्युठानका पुरुषको स्वाब परीक्षणमा देखियो नेगेटिभ

Corona test kit

प्युठान । प्युठानका पुरुषमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा पोजेटिभ देखिएका २ सहित ३९ जनाको पीसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्युठानमा ३९ जनाको कोरोना भाईरस नमूना स्वाब परीक्षण पीसिआर नेगेटिभ आएको छ । म्याग्दी र काठमाडौंबाट आएका २ पुरुषमा आरडटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरुसहित ३९ जनाको स्वाब पिरिआरका लागि भैरहवा पठाइएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएका सबै स्वाबमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिए । उनका अनुसार प्युठानबाट पीसिआर परिक्षणका लागि भैरहवा पठाईएका सबै गौमुखी गाउँपालिका र प्युठान नगरपालिकाका स्थानिय बासिन्दा हुन् ।

आजसम्म प्युठान सुरक्षित रहेको बताउँदै सुवेदीले सचेत र सजग रहन सबैमा आग्रह गरे ।

प्रतिकृया दिनुहोस