लकडाउनपछि बजार दैनिक चार घण्टा पसल खोल्न सुनचाँदी महासंघको आग्रह

Vedio cal

चितवन । लकडाउन खुलेपछि दैनिक चार घण्टा मात्र व्यवसाय संचालन गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो मातहतका प्रदेश, जिल्ला तथा नगर संघहरूलाई अनुरोध गरेको छ ।

महासंघअन्तर्गत रहेको नीति निर्माण समितिको संयोजक तथा वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा भएको कन्फ्रेन्स कल बैठकबाट उक्त निर्णय गरिएको हो ।

सुरूवाती दिनहरुमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म दैनिक चार घण्टा गर्दै क्रमसः बढाउँदै जाने निर्णय भएको संयोजक शाक्यले जानकारी दिए । स्वास्थ्य सतर्कता अपनाउँदै व्यवसाय संचालन गर्नसमेत शाक्यले अनुरोध गरे ।

सुनचाँदी फिर्ता खरिद, स्टक क्लियरेन्स, व्यवसायिक एकता, शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा, कालिगढ तथा कर्मचारी लगायतका विषयहरूमा नीति निर्माण गरेर प्रदेशमार्फत जिल्ला तथा नगर संघमा कार्यन्वयन गर्न गराउन पहल गर्ने निर्णय भएको शाक्यले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...