सुनचाँदी महासंघद्वारा १५ लाखको चेक हस्तान्तरण

Sunchadai mahasang chequ

चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारद्वारा सञ्चालित कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्न १५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
गत वैशाख १७ गते सुनचाँदी व्यवसायी महासंघको कन्फ्रेन्स कल बैठकबाट गरिएको निर्णयलाई कार्यान्वयनमा ल्याउँदै बुधबार सहयोग रकम हस्तान्तरण गरिएको महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए ।

महासंघका केन्द्रीय अध्यक्ष मोहन कुमार सुनारको नेतृत्वमा गएको सुनचाँदी ब्यवसायीहरुको प्रतिनीधिमण्डल टोलीले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । टोलीमा बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मसुन्दर बज्राचार्य र कोषाध्यक्ष महेन्द्ररत्न शाक्यको सहभागिता रहेको थियो ।

महासंघले आफ्ना जिल्ला नगर संघबाट राहत तथा उद्धार कार्यमा खर्चगर्नेगरी महासंघले कुल खर्चको ४० प्रतिशत हुनेगरी रु २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

महासंघले यसअघि भुकम्पका बेला पनि सरकारको कोषमा आर्थिक सहयोग जम्मा गरेको थियो भने आपतका बेला विपन्न वर्गलाई सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...