वीरगञ्जमा भेटिएका संक्रमित एकै परिवारका भएको पुष्टि

Corona test 1

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका –३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो ।

बुधबार वीरगञ्ज १७ जना कोभिड – १९ का संक्रमण भेटियो । उनीहरु सबै वीरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ । संक्रमित परिवारका सदस्यहरूले भने लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् । अस्पतालका अधिकारीहरू ३६ वर्षका पुरुषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको बताउँछन् ।

त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ६६ वर्षका वृद्धसमेत छन् ।

प्रतिकृया दिनुहोस