१२.५ प्रतिशत तलब लिन नमाने होटलका कर्मचारी हटाइने

Evrest hotel

काठमाडौं । देशभरका ठूला होटलहरु ६ महिनाको लागि पूर्णरूपमा बन्द हुने भएका छन् । सरकारले उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय गरेपछि होटल व्यवसायीले असोज मसान्तसम्म सबै होटल बन्द गर्ने निर्णय गरेका हुन् ।

नेपाल होटल संघका अध्यक्ष सृजना राणाको अध्यक्षतामा आइतबार बसेको बैठकले कर्मचारीलाई ६ महिनासमम्म तलबको रूपमा आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने र त्यस्तो तलब लिन नमान्ने कर्मचारीलाई रोजगारीबाट हटाउने समेत निर्णय गरेको छ ।

१२.५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया शुरू गरेको सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय संघले गरेको छ ।

होटलले दिने आधारभूत तलबको १२.५ प्रतिशत रकममा नेपाल सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्न होटल संघ नेपाल र ट्रेड युनियनले संयुक्त रुपमा पहल गर्ने निर्णय पनि होटल सञ्चालकले गरेका छन् ।

तस्विर : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...