एकै दिन १० जनामा कोरोना संक्रमण, नेपालमा ६९ पुगे

Corona 6

काठमाडौं । आज एकै दिन नेपालमा १० जना कोराना संक्रमित भेटिएका छन् ।

बाँकेको नेपालगञ्जमा आइतबार ९ र वीरगञ्जमा १ जना गरी एकै दिन १० जनामा जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् । यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् । संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पताल ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस