आज २ जना थपियो संक्रमितको संख्या, नेपालमा पुगे ५९ जना

Corona test

काठमाडौं । नेपालमा फेरि २ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय युवा र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ ।

हालसम्म १२ हजार १३ जनामा कोरोना संक्रमणको परीक्षण गरिएकोमा हालसम्म ५९ जनालाई संक्रमणको पुष्टि भएको छ । १६ जना भने निको भएर घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस