लकडाउन लम्बिदा कर तिर्ने समयावधि पनि बढ्यो जेठ १५ सम्म

Aantarik rajashwo bivag

काठमाडौं । सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने अधिकांश करको भुक्तानी गर्ने समयावधि आगामी जेठ २५ गतेसम्मका लागि बढाएको छ ।

यसअघि १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, यस अवधिमा पनि लकडाउन खुकुलो हुने अवस्था नआएपछि अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि २५ जेठसम्म थप्ने निर्णय गरेको हो ।

गत चैत ११ गतेदेखि कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन लगाएको थियो । लकडाउन लम्बिएपछि करदाता बैङ्क वा कर कार्यालयसम्म पुग्न पाएका छैनन् । यसअवधिमा आर्थिक गतिविधि समेत ठप्प प्रायः छन् ।

चैतमा मात्र सरकारले ३७ अर्ब आन्तरिक राजस्व संकलन हुनुपर्नेमा मात्र २३ अर्ब संकलन भएको थियो । त्यसमा पनि एनसेलले बुझाएको पुरानो बक्यौताको हिस्सा ठूलो थियो ।

सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा कुल ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । त्यसमध्ये कर राजस्व मात्र १० खर्ब ९ अर्ब उठाउने लक्ष्य रहेको छ । तर, लकडाउनका कारण अर्थतन्त्र नै ठप्प भएसँगै सरकारका आर्थिक परिसूचक भने अधुरै रहने भएको छ ।

प्रतिकृया दिनुहोस