कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या २ लाख २८ नाघ्यो, अमेरीकामा एकैदिन साँढे २३ को मृत्यु

World corona death

काठमाडौं । चार महिनाअघिदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ । ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

अमेरिकामा विगत २४ घण्टामा २३ सय ५२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ एकै दिन २७ हजार पाँच सय ८६ जना बिरामी थपिएका छन् । अमेरिकामा हालसम्म १० लाख ६३ हजार पाँच सय ५१ जना संक्रमित भेटिएका छन् । ती मध्ये १ लाख ४७ हजार १ सय १४ जना निको भएर घर फर्किएका छन् ।

विश्वभरमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । आज विहान सम्म विश्वमा ३२ लाख १९ हजार २ सय ३५ जनामा संक्रमण भेटिएको छ । २ लाख २८ हजार १ सय ८९ जनाको ज्यान गइसेको छ । १० लाख भन्दा धेरै मानिस निको भएर घर फर्किएका छन् । 

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् । कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ४७ हजार ३८० जना संक्रमित छन् । एकै दिन २४ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ७ हजार ३२८ पुगेको छ । अहिलेसम्म १८ हजार २७७ ले ज्यान गुमाएका छन् । २ लाख ५५ हजार ९३७ जना उपचारपछि फर्किएका छन् । २ लाख ३३ हजार ११४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ७८३ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मूलुकहरुमा ११ लाख ५० हजार ९२५ जना संक्रमित भएका छन् । ६६ हजार ९४७ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख १ हजार २७९ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १९ हजार ९३७ जनाको अवस्था गम्भीर छ । १ लाख ८२ हजार ६९९ जना उपचारपछि घर फर्किएका छन् ।

दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ६५ हजार ८४१ जनामा संक्रमण देखिएको छ । ८ हजार १४४ जनाले ज्यान गुमाएका छन् । ५७ हजार २६१ जना निको भएका छन् भने १ लाख ४०९ जना उपचाररत छन् । ९ हजार ७४८ को अवस्था गम्भीर छ ।

अफ्रिकी राष्टमा ३७ हजार ६९३ संक्रमित भएका छन् । १ हजार ५९२ जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३२२ जना संक्रमित भएका छन् । १०८ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै मृतकको संख्या २४ हजार २७५ पुगेको छ । १ लाख ३२ हजार ९२९ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ४ हजार ६५७ जनामध्ये १ हजार ७९५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार २२१ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ७६५ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ७६ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो । सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रतिकृया दिनुहोस