राहत वितरणमा ब्यस्त बन्यो नेपाल सुनचाँदी व्यवसायी महासंघ

Sunchadi harat

चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघको आह्वानमा व्यवसायका सहकर्मीहरुसँग हातेमालो कार्यक्रमअन्तर्गत बुधबारदेखि विभिन्न जिल्ला तथा नगर संघहरूमा राहत वितरण अभियानलाई सुरूवात गरिएको छ । कतिपय जिल्ला तथा नगर संघहरूले भने वैशाख १६ गतेदेखि नै राहत वितरण अभियान सुरु गरेका थिए ।

महासंघको निर्णयलाई स्वागत गर्दै बुधबारदेखि नै नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले व्यवसायका सहकर्मीहरुसँग हातेमालो कार्यक्रम प्रारम्भ गरेको छ ।

संघले उद्योग वाणिज्य संघ चितवनको सभा हलमा सामाजिक दुरी कायम गर्दै महासंघका केन्द्रीय उपाध्यक्षद्वय अर्जुन रसाईली, विपिन रामुदामु र केन्द्रीय सदस्य चित्रबहादुर विश्वकर्माको उपस्थितिमा २ सय ५० जना नेपाली तथा भारतीय कालिगढहरूलाई खाद्यन्न सामाग्री बितरण गरेको छ ।

कालिगढहरूको पारिवारिक संख्याको आधारमा चामल, दाल, तेल लगायतका खाद्यन्न सामाग्रीहरू वितरण गरिएको जिल्ला संघ चितवनका अध्यक्ष टेकबहादुर विश्वकर्माले बताए ।

लकडाउन बन्दाबन्दीको समय लम्बिँदै जाँदा कालिगढहरूको दैनिक जीवन कष्टकर बन्दै गएपछि १ महिनालाई पुग्ने खाद्यन्न सामाग्री वितरण गरिएको अध्यक्ष विश्वकर्माले बताए । उनले अझैं चरणबद्ध रूपमा राहत वितरण अभियान संचालन गर्ने पनि जानकारी दिए ।

सुनचाँदी व्यवसायी संघ उदयपुरले लकडाउनमा प्रभाव परेका ७५ मजदुर परिवारलाई खाद्यन्न राहत सहयोग गरेको छ । सुनचाँदी पसलहरुमा कार्यरत (कालिगढ) का विपन्न तथा मजदुर परिवारहरुलाई संघले खाद्यन्न राहत सहयोग गरेको उदयपुर सुनचाँदी व्यवसाय संघका अध्यक्ष गजेन्द्र बराइलीले बताए ।

महासंघका केन्द्रीय सदस्य रमेश विश्वकर्माको उपस्थितिमा संघले खाद्यन्न सामाग्रीहरू २५ केजी चामल, २ प्याकेट नुन, २ पोका तेल, १ केजी सोयाविन र २ ओटा हात धुने सावुन वितरण गरेको थियो ।

बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ, कोहलपुरले नेपालगञ्ज उपमहानगरपालिकामा रहेका र लकडाउनले गर्दा आर्थिक समस्यामा परेका सुनचाँदी कालिगढहरुलाई राहत वितरण अभियान संचालन गर्न सुनचाँदी कालिगढ ट्रेड युनियनलाई नगद २८ हजार ८ सय हस्तान्तरण गरेको छ ।

राहत वितरण अभियानलाई प्रभावकारी बनाउन कालिगढ ट्रेड युनियनमार्फत खाद्यन्न वितरण गरिएको संघका अध्यक्ष बुद्धिबहादुर विकेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...