राहतका लागि ४० लाख छुट्यायो सुनचाँदी व्यवसायी महासंघले

Sunchadi miting news

चितवन । नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारले बनाएको कोभिड –१९ प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैया जम्मा गर्ने भएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष मोहनकुमार सुनारको अध्यक्षतामा भएको सचिवालयको कन्फ्रेन्स कल बैठकले कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा १५ लाख र महासंघ मातहतका जिल्ला र नगर संघमार्फत राहत वितरण गर्न २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

महासंघले सो कोषमा १५ लाख जम्मा गर्ने र लकडाउनबाट पीडित बनेका सुनचाँदी कालिगढलाई राहत दिन मातहतका सबै जिल्ला र नगर संघलाई २५ लाख रुपैयाँ दिने निर्णय गरिएको महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीले बताए ।

प्रत्येक जिल्ला तथा नगर संघले गर्ने राहत वितरण अभियानलाई महासंघद्वारा ४० प्रतिशत सहयोग अनुदान प्रदान गरिने महासंघका केन्द्रीय उपाध्यक्ष रसाईलीले जानकारी दिए ।

महासंघले यसअघि भुकम्पका बेला पनि सरकार कोषमा आर्थिक जम्मा गरेको थियो भने आपतका बेला विपन्न वर्गलाई सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...