लकडाउन असर : थलियो पोल्ट्री व्यवसाय, डुब्न थाले व्यवसायी

Polto byabsay

प्युठान । झिमरुक गाउँपालिका–६ चिसाबाङका लेयर्स कुखुरा पालक ईश्वरीप्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन् । दैनिक डेढ टन दाना खपत हुन्छ । दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ । उनको फार्ममा प्रत्येक दिन दाना, औषधि, विद्युत्सहित १ लाख १० हजार त खर्चै हुन्छ ।

अन्य समयमा अण्डा उत्पादन हुने वित्तिकै बजार पुग्थ्यो । लामो समयदेखि जारी लकडाउनका कारण अण्डा नबिकेपछि फार्ममै थन्क्याउँदै आएका छन् । लकडाउन नहुँदा प्रति पेटि २ हजार २ सयको दरले अण्डा बिक्री हुन्थ्यो । अहिले १३ सय रुपैयाँमा बेच्छु भन्दा पनि बिक्री भइरहेको छैन ।

उत्पादित अण्डा बिक्री गर्न नपाउँदा लगानी डुब्ने जोखिम बढेको छ । ‘कुखुरापालनमा खर्च बढ्दै गएको छ, दाना पाईएको छैन’ उनले भने, ‘चार करोड लगानी गरियो, लकडाउनले अण्डा बेच्न नसक्दा लगानी डुब्ने पक्कापक्की नै भइसक्यो ।’

सरुमारानी –१, बाङ्गेसालस्थित झिमरुक पोल्ट्री फार्मका संचालक असगर अलीले दाना प्रतिकिलो ५७ रुपैयाँमा खरिद गरी ६ हजार कुखुरा पालिरहेका छन् । उनको फार्मबाट दैनिक १७ पेटि अण्डा उत्पादन हुन्छ । दैनिक यहाँ ६ क्वीन्टल दाना खपत हुँदै आएको छ । फार्ममा एक सय बढी अण्डाका पेटि जम्मा भइसकेको छ ।

उनको फार्ममा उत्पादित अण्डा प्रतिअण्डा ९ रुपैयाँमा दिँदा पनि बिक्री हुँदैन । त्यति मात्रै होइन, दाना अभावमा २ सय कुखुरा मरिसके । ‘कुखुरालाई दाना खुवाउन मात्र प्रतिदिन २५ हजार खर्च हुन्छ, बैंकबाट ऋण निकालेर ब्याबसाय थालेका हौं, अब कसरी उक्सिने भन्ने चिन्ता छ’ उनले भने, ‘सरकारले सहुलियत नदिए हाम्रो ब्याबसाय पुरै डुब्छ ।’ लकडाउन सुरु भएयता उनले ८ लाख रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।

प्युठान नगरपालिका–१०, टाकुराका कृष्णबहादुर केसीको पनि पीडा उस्तै छ । उनको रोजा कुखुरा फार्ममा १० हजार अण्डा बिक्री नभई थन्किएका छन् । २ हजार लेयर्स जातका कुखुरा पालन गरेका उनको फार्ममा दैनिक १ हजार ५ सय अण्डा उत्पादन हुन्छ ।

दुई बर्षअघि व्यवसाय सुरु गरेका केसीले नाफा लिने बेला लकडाउनको कहरमा परेका छन् । अण्डा बेच्न नपाएपछि बिग्रिन थालेको छ । ‘अब त सबै अण्डा नष्ट गर्नुको विकल्प छैन’ उनले भने ‘लगानी जति खेर जाने भयो, लकडाउनले डुबाउनुसम्म डुबायो ।’

हुर्किसकेका कुखुरा छिप्पिन थालेपछि जिल्लाका ब्रोईलर पालक कृषकहरु चिन्तित बनेका छन् । लकडाउनका कारण दानासमेत महँगो हुँदा व्यवसाय नै संकटमा परेको किसानको भनाइ छ ।

अण्डा उत्पादक संघ प्युठानका अध्यक्ष राजु थापाले जिल्लाका दर्जन बढी व्यवसायीले ६० हजार लेयर्स जातका कुखुराबाट उत्पादित अण्डा बेच्न नपाएको बताए । पोल्ट्री व्यवसाय नै धरासायी हुने अवस्थामा पुगेको उनको निष्कर्ष छ । सरकारले राज्यको लाखौँको अनुदान र कृषकको लगानी जोगाउन बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...