लकडाउनमा धनकुटामा बजार अनुगमन तीव्र

Dkt bajar anugaman

धनकुटा । लकडाउनका समयमा जिल्लाका दैनिक उपभोग्य समाग्रीहरुको निर्यात, आर्यात र मौजाद तथा मुल्यको अवस्थाको विषयमा धनकुटा उद्योग बाणिज्य संघले बजार अनगुमगन गरेको छ ।

लकडाउनका बेला धनकुटामा कृतिम अभाव भएको र मुल्यबृद्धी भएको गुनासो आधारमा उदोग बाणिज्य संघको टोलीले बजार अनुगमन गरेको हो ।

दैनिक उपभोग्य सामाग्रीहरु तथा अत्यावाश्यक सामाग्रीहरुको ढुवानी र मौजादको बरेमा व्यापारी तथा व्यावसायीहरुको गुनासो र दैनिक उपभोग्य वस्तु तथा अत्यावाश्यक वस्तुहरुको मुल्यको विषयमा उपभोक्ताहरुको जनगुनासो आउन शुरु गरेकोले धनकुटा बजारमा आन्तरीक अनुगमन गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

धनकुटाका व्यापारी तथा व्यावसायीहरुको पसल पसलमा गई व्यवसायीहरुसँग पसलमा मुल्यसूची अनिवार्य राख्न, म्याद सकिएको र अखाद्य वस्तुहरु विक्रि वितरण नर्गन, सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा माक्स लगाउने र सेनिटाईजर हात धुएर मात्र समान तथा वस्तुहरु विक्रि वितरण गर्न अनुरोध गरिएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यष रुपेश श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...