रौतहटमा थपिए २ संक्रमित, नेपालमा ५४ पुग्यो संक्रमितको संख्या

Rautahat brindaban

काठमाडौं । रौतहटको बृन्दाबन र देवाही गोनाही नगरपालिका बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा ५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वृन्दावन नगरपालिकाका २५ वर्षीय पुरुष र देवाही गोनाहीका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुईजना संक्रमित थपिएसँगै नारायणी अस्पालमा उपचारत संक्रमितको संख्या ५ पुगेको छ । यसअघि नारायणी अस्पतालबाट ४ जना डिस्चार्ज भइसकेका छन् ।

देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै छन् । काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

प्रतिकृया दिनुहोस