उद्योग बाणिज्य संघको अध्यक्षसहित एक दर्जनले गरे घरभाडा मिनाहा

Dkt news 14

धनकुटा । लकडाउनका कारण सम्पूर्ण व्यवसाय ठप्प भएपछि धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष, उपाध्यक्षसहित धनकुटा र हिलेबजारका एक दर्जनभन्दा बढी घरधनीहरुले घर भाडा मिनाहा गरेका छन् ।

कोराना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण व्यापार, व्यावसाय बन्द भई व्यावसायीहरुलाई ठूलो आर्थिक संंकट भएकाले धनकुटा नगरपालिका वडा नं. ५ धरहरा चौकको घरमा व्यपारीहरुले संचालन गरेको किराना पसल र खाजा घरको भाडा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई र सुखकला राई मिनाहा गरी दिएका छन् ।

यसैगरी धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्टले हिले बजारको घरमा रहेको न्यू जेनिस टेर्लसलाई लकडाउनभरको घर भाडा मिनाहन गरिदिएका छन् ।

धनकुटा हिले बजारका थामबहादुर लिम्बु र हेमकुमारी लिम्बुले तीन वटा घरमा व्यापारी तथा व्यावसायीहरुले संचालन गरेको डाफे मुनाल ग्रिल उद्योग, साथी भाई अफसेट प्रेस, खाजा घरलगायत चार जना व्यावायीहरुलाई लकडाउन अवधिभरको घर भाडा पुरै मिनाहा गरिदिएको धनकुटा उद्योग बाणिज्य संघका सदस्य तथा यूवा व्यावसायी गणेश थापाले बताए ।

हाल यूकेमा बस्दै आएका थामबहादुर लिम्बु र हेमकुमारी लिम्बुले २०६२/२०६३ सालमा पनि जनआन्दोलनको समयमा पसल बन्द हुँदा व्यापारी तथा व्यवसायीहरुलाई पुरै घर भाडा छुट गरिदिएका थिए ।

यसअघि नै धनकुटा नगरपालिका वडा नं. ६ का पूर्णकृष्ण श्रेष्ठले र धनकुटा नगरपालिका वडा नं. १ हिले बजारका जंग क्षेत्री, धनकुटा हिलेकै निरबहादुर गोङ्देनलगायत एक दर्जन घर धनीहरुले पनि व्यवसायीहरुलाई घर भाडा छुट गरिसकेका छन् ।

धनकुटा उद्योग बाणिज्य संघले कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भएका कारण व्यावसायीहरुलाई ठूलो संकट भएकाले घरधनीलाई घरभाडा मिनाहा र व्यापारी, व्यवसायी र उद्योगीहरुलाई बैकको ऋणको व्याज छुट गरिदिन बैकलगायत सबै वित्तिय संस्थाहरुलाई गरिदिन आग्रह गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...