कोरोनाबाट मर्नेको संख्या नाघ्यो २ लाख, एकै दिन ३३९ जनाको मृत्यु

Corona virus 14

काठमाडों । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४ सय ५५ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार फ्रान्समा एकैदिन तीन सय ६९ जनाको ज्यान गएका छन् ।

पछिल्लो पटक रुसमा संक्रमण तीव्र देखिएको छ । तर मृत्युदर भने कम देखिएको छ । हालसम्म ७४ हजार ५ सय ८८ मा संक्रमण पुष्टि भइसक्दा ६ सय ८१ ले ज्यान गुमाएका छन् ।

नेपालको छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या ८ सय २५ पुगेको छ । २६ हजार २ सय ८३ मा संक्रमण पुष्टि हुँदा ५ हजार ९ सय ३९ भने निको भइसकेका छन् ।

विश्वभर ८ लाख १५ हजार ६ सय ५८ निको भएर घर फर्किसकेका छन् । मृतक र संक्रमित संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ । अमेरिकामा मात्र ५३ हजार ५ सय ११ ले ज्यान गुमाएका छन् भने ९ लाख ३६ हजार ६ सय १६ जनामा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म संक्रमितमध्ये करिब १ लाख निको भएका छन् ।

स्पेनमा २ लाख २३ हजार ७ सय ५९ लाई कोरोना संक्रमण हुँदा २२ हजार ९ सय २ ले ज्यान गुमाएका छन् । ९५ हजार ७०८ जना निको भएका छन् ।

अहिलेसम्म सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । अमेरिकामा मात्रै ९ लाख ५७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ५४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यूरोपियन मुलुकमध्ये इटालीमा सबभन्दा बढीको ज्यान गएको छ । इटलीमा २६ हजारभन्दा धेरै, स्पेन र फ्रान्समा साढे २२ हजारभन्दा धेरै र बेलायतमा २० हजारभन्दा धेरैको ज्यान गएको छ ।

 

प्रतिकृया दिनुहोस