भरतपुर अस्पतालको आइसोलेसनबाट कोरोनालाई जिते २७ वर्षीय युवाले

Chitwan corona hospital

चितवन । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेशन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षीय युवा कोरोना भाइरसमुक्त भएका छन् ।

कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका २७ वर्षीय पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनःनेगेटिभ देखिएपछि शनिबार राती अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनीहरु गत चैत ३ गते बेलायतबाट हङ्कङ नेपाल हुँदै आएका थिए । काठमाडौँको दुई दिनको बसाइपछि ५ गते चितवन आएका थिए । उनीहरुलाई वैशाख ३ गते ¥यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद देखिएपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याएर स्वाब परीक्षणका क्रममा वैशाख ५ गते सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।

(यापिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उहाँसहित उहाँका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा आमा र २७ वर्षीय छोरामा कोरोना सङ्क्रमण देखिएको थियो । अर्का छोराको भने रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखेर फर्काइएको थियो ।

सङ्क्रमण देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा पुनःपरीक्षण गर्दा उनमा सङ्क्रमण नभेटिएपछि २४ घण्टापछि पुनःपरीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । तिवारीका अनुसार दुवै परीक्षणमा सङ्क्रमण नदेखिएपछि आज घर पठाइएको हो ।

अस्पतालबाट डिस्चार्ज भए पनि उनी अस्पतालकै आइसोलेशनमा अलग्गै बसेका छन् । आमा अस्पतालमा नै रहनुपर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वरेण्टीनमा बसेको अस्पतालले जनाएको छ ।

यसअघि ११ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । जसमध्ये १२ जना घर फर्किएका हुन् । हालसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस