भारतले नेपाललाई दियो २३ टन औषधि

Ausadhi hastantaran

काठमाडौं । भारत सरकारले नेपालका लागिमहामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध एकजुट भएर लड्न २३ टन औषधी हस्तान्तरण गरेको छ ।

भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त औषधी हस्तान्तरण गरे ।

औषधी हस्तान्तरण गरिए लगत्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै नेपाल भारत सम्बन्ध प्रगाढ रहेको बताएका छन् ।

प्रति उत्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्ध गहिरो र सुमधुर रहेको बताउदै कोरोना महामारीविरुद्ध लड्न भारतको सधै साथ रहेको कुरामा जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...