स्वास्थ्य सामग्री ल्याउन चीनसँग भयो हस्ताक्षर

Nepali sena logo

काठमाडौं । नेपाली सेनाले चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद सम्झौता गरेको छ । चीनले सबै सामग्री गोन्जाओमा उपलब्ध गराउने छ ।

सरकारले गत चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपालले जीटूजी प्रक्रियाबाट चीनको सरकारी कम्पनीसँग स्वास्थ्य सामग्री खरिदको सम्झौता गरेको हो । सम्झौता अनुसार सेनाले सोमबार नै चीनलाई रकम पठाउने तयारी गरेको छ ।

यसअघि दुुई देशबीच सम्झौताको खाका आदान प्रदान भएको थियो । खाकामा सहमति जुटेपछि आइतबार सम्झौतामा हस्ताक्षर भएको हो । सो सम्झौतामा अब चीनले पनि हस्ताक्षर गरेर नेपाललाई पठाउने छ ।

भारतबाट पनि ५३ प्रकारका औषधि ल्याउन सम्झौता प्रक्रिया अगाडि बढेको छ । सेनाले चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याउन लागेको हो ।

प्रतिकृया दिनुहोस