कोरोनालाई जितेर १६ दिनपछि डिस्चार्ज भए कैलालीका युवा

Corona yubak kailali

धनगढी । कोरोना भाइरस संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक अस्पतालबाट १६ दिनपछि डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएर निको हुने उनी नेपालको चौथो व्यक्ति हुन् ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।

उनलाई डिस्चार्ज गर्ने क्रममा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशी र मेडिकल सुपरिटेन्डेन्टले फुलको गुच्छा दिएर बिदाई गरेका थिए । कोरोना महामारी फैलिएपछि उनी भारतको मुम्बइबाट घर फर्किआएका थिए ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

उपचार गराइरहेकाहरुमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवक, सोही वडाकी ३४ वर्षीय महिला, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका १ की ६५ वर्षीया महिला रहेका छन् ।

 

प्रतिकृया दिनुहोस