डा. शेरबहादुर पुन भन्छन्, मन्त्रालयको काममा सहयोग गर्छु

Dr.sher bdr pun

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन मन्त्रालयमा उपस्थित भएको बताएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित भएका उनले विज्ञप्ति प्रकाशन गर्दै उनले आफू मन्त्रालयले सञ्चालन गर्ने अभियानका लागि मन्त्रालय उपस्थित भएको जानकारी दिएका हुन् ।

डा. पुनले मन्त्रालयको पत्रलाई आफूले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको उल्लेख गरेका छन् । उनले मन्त्रालयल कोभिड १९ को नियन्त्रणका लागि चालेको कदममा आफ्नो पूर्ण साथ रहेको पनि उल्लेख गरेका छन् ।

‘पछिल्ला दिनमा मसँग जोडिएर सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित प्रशारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, डा. पुनको विज्ञप्तिमा छ, ‘यस सम्बन्धमा आइतबार म कार्यरत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पत्र प्राप्त भएको छ। उक्त पत्रअनुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकोले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु ।’

‘यसलाई मैले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिई आफ्नो नियमित काममा क्रियाशील रहिरहेको छु’, पुनले भनेका छन्, ‘अत यस सम्बन्धमा मा. मन्त्रीज्यू र मन्त्रालयसँग जोडी अनर्गल प्रचार नगरिदिनुहुन र विश्वव्यापी मेन्डेमीकका रुपमा फैलिएको कोभिड–१९ को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिनुहुन सम्बद्ध सबैमा अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस