मन्त्रालयले भन्यो, शेरबहादुर पुनलाई कारवाही गरिएको छैन

Dr.sher bdr pun

काठमाडौं । ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई कारवाही गरिएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बल्ल मुख खोलेको छ ।

मन्त्रालयले शनिबार साझ मन्त्रालयले आवश्यक छलफलका लागि मन्त्रालयमा बोलाउँदा उनले अटेर गरेपछि पठाइएको पत्रलाई कारवाहीका रुपमा व्याख्या गरिएकोमा आपत्ति जनाएको छ ।

मन्त्रालयले शनिबार साँझ भनेको छ, ‘कोभिड–१९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामको शिलसिलामा मन्त्रालय वा अन्तर्गतका जुनसुकै निकायमा काम गर्न खटाई संक्रमितहरूको स्वास्थ्य उपचार गराईरहेको छ, यसै शिलसिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई मन्त्रालयमा बोलाइएको हो ।’

‘केहि पत्र–पत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्रालयले भनेको छ, ‘कोभिड –१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको छ । यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ ।’

मन्त्रालयले कोरोनाका सम्बन्धमा मर्यादाविपरीत बोलेको भन्दै डा. पुनसँग स्पष्टीकरण बुझाउन चिठी काटेको समाचार शनिबार सार्वजनिक भएको थियो । उनले कोरोनाका विषयमा जथाभावी अभिव्यक्ति दिनुका साथै संक्रमितको फोन तथा सामाजिक सञ्जालमार्फत मर्यादाविपरीत गतिविधि गरेको आरोप छ ।

यसअघि मन्त्रालयले मौखिक जानकारी गराए पनि डा. पुनले विज्ञ चिकित्सक भएर पनि जथाभावी बोलेको भन्दै मन्त्रालयले चिठी काटेको बताइएको छ । डा. पुन शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत करारमा कार्यरत चिकित्सक हुन् ।

सरुवा रोगमा जापानबाट विद्यावारिधी गरेका उनी सरुवा रोगका विषयमा धेरै जानकारी प्रवाह गर्ने चिकित्सकमा पर्छन् । कोरोना भाइरसका विषयमा पनि सर्वसाधारणलाई सबैभन्दा पहिले जानकारी गराउने नेपाली चिकित्सकमध्ये उनी एक हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...