बागलुङकी छैठौं कोरोना संक्रमितको तेस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

Corona test

बागलुङ । नेपालको छैटौ कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्टमा संक्रमण नभएको पाइएको छ । ६५ वर्षीया महिलाको यसअघि गरिएको दोस्रो स्वाब परीक्षण रिपोर्ट भने पोजिटिभ आएको थियो ।

नेपालको पाँचौ संक्रमित तथा बागलुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ । उनको पनि पुनः स्वाब परीक्षणका लागि पठाइने डा।पोखरेलले बताए ।

कोरोना संक्रमण भएपछि पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलले बताए ।

अब पुनः शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ । चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...