डब्लयूएचओप्रति कठोर बने ट्रम्प, रोकियो सहयोग

Donald trump

काठमाडौं । विश्वभर कोरोना भाइरसको त्रास फैलिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) प्रति निक्कै कठोर बनेका छन् । अमेरिकाले डब्लयूएचओलाई गर्दै आएको सहयोग रकम कटौती गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन आफ्नो आधारभूत कर्तव्य पूरा गर्न नसकेको भन्दै उसलाई गर्दै आएको आर्थिक सहयोग रोक्ने घोषणा गरेका हुन् । यसअघि ट्रम्पले डब्लयूएचओ चीनप्रति उत्तरदायी बनेको आरोप लगाएका थिए ।

राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको कार्यक्रममा ट्रम्पले आफ्नो प्रशासनलाई सङ्गठनको सहयोग रोक्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सङ्गठनले कोभिड १९ भाइरसको फैलिने क्रम रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र चिनियाँ पक्षधरता लिएको ट्रम्पको आरोप छ । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस चीनमा देखिनासाथ नियन्त्रण गर्न सङ्गठनले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै ट्रम्पले सङ्गठन जवाफदेही बन्नैपर्नेमा जोड दिए ।

अमेरिका विश्व स्वास्थ्य सङ्गठनलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने देश हो । गएको वर्ष अमेरिकाले सङ्गठनलाई २० करोड अमेरिकी डलर सहयोग गरेको थियो । यो रकम सङ्गठनको १५ प्रतिशत बजेट बराबर हो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...