वामदेव गौतमले लिए पद तथा गोपनियताको सपथ, राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउन नदिने प्रतिवद्धता

Bamdev safat 1

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको उपस्थिति थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका गौतमको नाम हिजो मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

फागुनमा नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए पनि कार्यान्वयन भएको थिएन । भदौ १८ गतेको बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने बताएका थिए ।

प्रधानमन्त्रीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई पठाउने चाहना राखेका थिए । सांसद नभएका खतिवडाको ६ महिने पछिल्लो अर्थमन्त्री पद् भदौ २० गते सकिएको थियो । तर, मन्त्रीसरहको सेवा सुविधा पाउनेगरी ओलीले उनलाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरिसकेका छन् ।

सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताएका छन् । गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने नदिने प्रतिवद्धता जनाए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...