काठमाडौँ उपत्यकामा कोरोना संक्रमित संख्या बढेको बढ्यै, २४ घण्टामा थपिए ६१८ संक्रमित

1590588492 frwvd

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५०७, ललितपुरका ६१, भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोनाको संक्रमण पछिल्लो समय तीब्र गतिमा बढिरहेको छ। बिहीबार देशभर १२४६ जनामा कोरोना पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ।

प्रतिकृया दिनुहोस