पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

Muglin narayanghat rbjojh7t4k

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चोरखोलामा गएराति फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

हिजो दिउँसो त्यही ठाउँमा गएको पहिरो पन्छाएर बेलुका एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुईतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै सडकखण्ड अन्तर्गत भरतपुर महानरगपालिका–१ भतेरीमा पनि सालको रुख ढलेको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्ष पनि निरन्तर पहिरो गएर सडक अवरुद्ध हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस