पर्वतमा पहिरोले घर पुरिँदा तीन वर्षीया बालिकाको मृत्यु

Pahiro o472utxegv

पर्वत । पर्वतमा पहिरोले घर पुर्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा पहिरोले नवीन विकको घर पुरिँदा बालिकाको मृत्यु भएको हो। पहिरो आएको थाहा पाएपछि परिवारका अन्य सदस्य भाग्न सफल भए पनि ती बालिका पहिरोमा परेकी थिइन् ।

उनको शव निकालिएको वडाध्यक्ष टीकाराम भुसालले जानकारी दिए । मुडीकुवाकै अर्को ठाउँ चुरीमा पनि पहिरो जाँदा रामप्रसाद तिवारीको गोठमा बाँधिएका चौपाया मरेका छन् । मुडिकुवाका विभिन्न ठाउँबाट घरहरू पहिरोको उच्च जोखिममा परेको भनी आफूलाई खबर आएको पनि बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले पनि घटनाहरुको विषयमा जानकारी संकलन गर्ने काम भइरहेको बताउँदै मुडिकुवाको पहिरोमा प्रहरीले उद्धार गरिरहेको र पुरा विवरण आउन बाँकी रहेको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस