थप १,१७३ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ३८,६९७ पुग्यो कोरोना मुक्त

5f542984db02b 5f011867c919c coronavirus won

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७३ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १ सय ७३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३८ हजार ६ सय ९७ पुगेको छ ।

निको हुनेको यो प्रतिशतमा कुल ७१ दशमलव ५ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार १ सय १७ रहेको छ ।

 

प्रतिकृया दिनुहोस