केन्द्रिय कारागारका ४  कैदीबन्दीमा मृत्युपछि कोरोना पुष्टि

Central jail sundhara

काठमाडौं । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप ४ जना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले  जानकारी दिइन् । 

मृत्युपछि संक्रमण पुष्टि भएकाहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन् । उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो । ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो ।

त्यसअघि, भदौ १५ मा ललितपुरको मेगा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका एकजना कैदीमा कोरोना पोजेटिभ देखिएको थियो । मेगा अस्पतालमा भर्ना गरिएका कैदी अन्य रोगबाट पनि पीडित थिए । केन्द्रीय कारागारका ६० जना संक्रमितमध्ये ३१ जनाले कोरोना भाइरसलाई जितेका छन् ।

संक्रमितमध्ये केही कैदीलाई किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलनमा र केहीलाई केन्द्रीय कारागारभित्रको अस्पतालमा आईसोलेशनमा राखेर उपचार गरिएको जेलर बाँस्कोटाले बताए । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...