एसिड आक्रमणकारी विरुद्ध कडा कानुन बन्दै : १५ दिनभित्रै अध्यादेश जारी गर्न प्रधानमन्त्रीको निर्देशन

532323298

काठमाडौँ । एसिड आक्रमणलाई नियमन गर्न १५ दिनभित्रै अध्यादेश जारी गर्ने भएको छ । एसिड आक्रमणमा परि पिडित भएकाहरुको माग अनुसार प्रधानमन्त्री केपी ओलीले अध्यादेश मार्फत् नयाँ कानुन बनाउने बताएका हुन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एसिडबाट पीडित भएका १२ जनासँगको छलफलका क्रममा ओलीले १५ दिनभित्र अध्यादेश जारी हुने जानकारी गराएका हुन्। छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फे, महान्यायधीवक्ता अग्नि खरेलसमेत सहभगाी दिए। ओलीले अध्यादेशको मस्यौदा गरी छिट्टै मन्त्रिपरिषदमा पेश गर्न कानुन मन्त्रीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

हाल मुलुकी अपराध संहिता २०७४ ले एसिड आक्रमणकारीलाई हुने सजायको व्यवस्था गरे पनि उक्त सजाय कसुरको गम्भीयर्ताअनुसार नभएको भन्दै छुट्टै कानुन ल्याउनुपर्ने आवाज उठिरहेको थियो। संसदका कानुन न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक समितिले पनि एसिड आक्रमणका घटनालाई सम्बोधन गर्न छुट्टै कानुन बनाउन सरकारलाई निर्देशन दिएको थियो।

अध्यादेशमा कसुरदारको सम्पत्ती रोक्का राखी उपचार गर्ने, क्षतिपूर्ति भराउने, भरणपोषणको व्यवस्था गर्नुपर्ने, वीर र शिक्षण अस्पताललामा उपचारको प्रबन्ध मिलाउनेलगायतका विषय समिटिने भएको छ। हालसम्म नेपालमा १९ जना व्यक्ति एसिड आक्रमणबाट पीडित भएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...