बिहीबारदेखि सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू हुने, अन्य क्षेत्रमा निषेधाज्ञा कायमै

Yatayat news

काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकाभित्र जोरविजोर लागू गरेर यातायातका साधन चल्न दिइने भएको छ । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ ।

उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।

भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा यातायात र व्यापार व्यवसाय क्षेत्रका लागि मात्रै बिहीबारदेखि खुल्ने भएको छ ।तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।

सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ । यसअघि पनि प्रशासनले अन्तर जिल्ला यातयातका साधनहरु चल्न दिइएको थियो । पहिले जस्तै स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनेगरी यातयातका साधन चल्न पाउने छन् ।

१६ सिटभन्दा माथिका सवारीसाधन चल्छन् । तर, माइक्रो बस, टेम्पो चल्दैनन्। ट्याक्सीलाई भने रोक लगाइएको छैन । अहिले ट्याक्सीले एम्बुलेन्सको काम गरिरहेका छन् ।

ट्याक्सीमा तीन जना मात्र रहने भएकाले जोखिम कम भएकाले सञ्चालन गर्न दिइएको हो । प्रायः परिवारकै सदस्यहरू बढी रहने भएकाले जोखिमको स्थिति रहँदैन भन्ने धेरै छ ।

 

प्रतिकृया दिनुहोस