बैतडी बलात्कार प्रकरणः समाचार लेखेकै भरमा पत्रकार धामीलाई धम्की

Tek singh dhami vs keshab bohara

काठमाडाैं । बैतडीको सिगास गाउँपालिकाको बलात्कार घटनाका आरोपी केशव बोहराले समाचार लेखेकै भरमा क्यापिटल लाइभ मिडियामा कार्यरत पत्रकार टेकसिंह धामीलाई धम्की दिएकाे छ ।

भदौ २२ गते बैतडीमा गाउँपालिकाका कर्मचारी र शिक्षक बाट किशोरी बलात्कृत, मुद्दा हाले ज्यान मार्ने धम्की भएको शिर्षकको समाचार बाहिरिएपछि आरोपी भनिएका सिगास गाउँपालिकामा कार्यरत कर्मचारी बोहराले “तलाई भबिष्यमा दुर्घटना हुन सक्छ” भन्दै फेसबुक म्यासेन्जर र फोन मार्फत धम्की दिएका हुन ।

यो घटना मा आफुबिरुद्ध समाचार लेखेको भन्दै उक्त घटनाका आरोपी बोहराले पत्रकार धामीलाई भविष्यमा यो तेरो लागि ठुलो दुर्घटना हुन सक्ने र यो धम्की होइन तलाइ महाधम्की हो भन्दै तुच्छ शब्द प्रयोग गरेका छन ।

सत्ता र शक्तिको आडमा बलात्कारको घटना लुकाउन खोजिएको भएपनि उक्त घटनाका विषयमा क्यापिटल लाइभ मिडियाले भदौ २२ गते समाचार प्रकाशन गरेको थियो ।

पारिवारीक स्रोतका आधारमा केशब बोहराको पनि नाम खुलेको र क्यापिट लाइभ मिडियाले बोहराको नाम जोडेर समाचार प्रकाशन गर्दा धामिलाई धम्की आएको हो ।

किशोरीलाई पटक–पटक करणी गरी गर्भ रहन गएको र अर्कै व्यक्तिसंग बिहे गराई घटना लुकाउन खोजिएको बलात्कार घटनामा संलग्न शिक्षक खडक बोहरा, स्थानीय राम बोहरा र केशब बोहरा मध्ये दुई जना पक्राउ परिसकेका छन ।

तथ्य र प्रमाण जुटाएर समाचार लेखेको भएपनि तेरो तथ्य तै संग राख, यो धम्की मात्र होइन रियालिटी महाधम्की हो भन्दै प्रेस स्वतन्त्रताको अपमान गरेका छन ।

उक्त समाचार जस्ताकाे तेस्तै : 

बैतडी । बैतडीको सिगासमा अपत्यारिलो घटना सार्वजनिक भएको छ। जिल्ला को सिगास गाउँपालिका वडा नं ८ मा एक किशोरीमाथि गाउँपालिका का कर्मचारी र शिक्षक ले पटकपटक करणी र बलात्कार को घटना बाहिरिएको छ।

के भन्नछिन किशोरी ?

गत मंसिरको कुरा थियो । आमा घास काट्न जानुभएको थियो। बुवा रोजगारी को शिलसिलामा काम गर्न (भारत) गएका थिए । घरमा एक्लै बसिरहेको बेला सिगास ८ कै एक बिधालयमा कार्यरत खडक बोहरा सर आउनुभयो । जसले मलाई एक कक्षा १ देखि आठ कक्षासम्म पढाएका थिए । मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा उनले मलाई च्याप्प समाते,कोही मानिस थिएनन् । मेरो मुख बन्द गरेर जबरजस्ती गरे म केही बोल्न सकिन् ।यसो भइरहँदा जोर जोरले चिच्याउन खोजेकी थिए । तर मुख बन्द थियो,आवाज नै निस्केन् म एकछिन बेहोस भए। उठ्नै सकिन । निकै पीडा भइरहेको थियो । साँझ आमा घरमा आउनुभयो तर दिउँसोको कुरा भन्ने आँट नै आएन् । म चुपचाप बसे । त्यसपछि खडक सरले अर्का राम बोहरालाई त्यो कुरा भनेछन् । राम बोहरा पनि सिगास ८ कै स्थायी बासिन्दा हुन्। यि दुई जनाले पटकपटक आफुमाथि माथि जबरजस्ती गरेको किशोरी बताउछिन्। कुनै दिन खडक, कुनै दिन राम आफु विद्यालयबाट घर फर्किदा सँगै सँगै आउने र मौका मिल्ने बित्तिकै करणी गर्ने। कुरा बाहिरिए मार्ने खालको धम्कि समेत दिन्थे। तलाइ बदनाम गर्दिन्छौ भनेर अनेक दवाव मा मलाइ रुमलाइरहे।

त्यो कुरा गाउँपालिका मा कम्प्युटर प्राबिधिक का रुपमा कार्यरत (एम आइ एस अपरेटर) केशब बोहरा ले पनि थाहा पाएछ । पहिलोचोटी बलात्कृत भएको एक महिनापछि आफु उपचार का लागि बझाङको देउलेक गएको किशोरी बताउछिन्।

अर्को पटक पुन:शौचालयमा गएका बेला भुतपुर्व शिक्षक तथा गाउँपालिका मा कार्यरत केशब बोहरा पनि भित्र पस्यो । शौचालयको ढोका थुनेर त्यही बलात्कार गर्यो । त्यो दिन पनि कसैलाई भन्न सकिन् । त्यसको केही महिनापछि थाहा भयो । पेटमा बच्चा बसिसकेछ । अब म सँग दुई वटा विकल्प मात्र थिए । के त आत्महत्या गर्ने वा घर छोडेर जाने । धेरै दिनसम्म मनमा यस्तै सोच आइरह्यो ।

छिमेकी गाउँको केटासँग भागेर गए,मेरो बाल बिवाह हो सानै उमेरमा यत्रो पिडा र बज्रपात खेप्नु पर्यो समाज र परिवारबाट तिरस्कृत हुदा मैंले केहि सोच्नै सकिन । उ सँग पहिलेदेखि नै चीनजान थियो । उसले पनि लग्छु भनेपछि फागुनमा भागेर उसको घर गए । पेटमा बच्चा रहेको कुरा कसैलाई थाहा थिएन् । केही महिना सबै कुरा ठिकठाकै चल्यो । जब भदौंमा छोरी जन्माए । गाउँघरमा हल्लीखल्ली भयो । किनकी बिहे गरेको छ महिना मात्रै भएको थियो । कस्को बच्चा हो भनेर घरमा सोधखोज हुन थाल्यो । त्यसपछि बाध्य भएर ति शिक्षक खडक बोहरा, गाउँपालिका मा कार्यरत कर्मचारी र राम बोहरा बारे बोल्नैपर्ने अवस्था आएपछि यो कुरा सार्वजनिक भयो।

गाउँका सबैजनाले जस्को बच्चा हो उसैले जिम्मा लिनुपर्ने कुरा गर्दैछन् । वडा र गाउँपालिका मान्छेहरुले ‘यतै’ मिलाउने भन्दै कहि नजान भनेका छन । माइती पट्टीका एक दुई जना दाइहरुले प्रहरीमा जान सल्लाह दिएका थिए । मलाई पनि त्यही ठिक लागेको थियो । तर गाउँका जान्नेसुन्ने तथा वडा र गाउँपालिकाका सबै मान्छेले मिलाउँछौ भनेका छन् । जसले जे भनेपनि म माथि जबरजस्ती गरेर यो अवस्थामा पुयाउनेहरुलाई सजाय होस भन्ने चाहना त छ । तर म एक्लै के गरु? गाउँ भन्दा बाहिर कही गएकी छैन् । के गर्नेुपर्ने हो त्यो पनि थाहा छैन् ।

मनमा त लागिरहेको छ कि आज म माथि त्यस्तो गर्नेहरुले भोली अरुलाई पनि नगर्लान र ? यो पाँच/छ महिनाको अवधीमा उनिहरुले त्यस्तै किसिमका अरु ७/८ वटा घटना गरिसकेको सुन्नमा आएको छ । एउटाले बलात्कार गरेपछि अर्कोलाई भिडाईदिने । अर्कोले अर्कोलाई गरेर महिलाहरुलाई नै गलत प्रमाणित गर्ने गरेका छन् भन्ने सुनेको छु । मेरो गल्ती त केही थिएन् । तर यतिबेला मर्नुं न बाँच्नुको अवस्थामा पुगेकी छु । मेरो मानसिक अवस्था मा खराबी आएको छ। समाज र स्थानीय ले गर्ने व्यवहार,अपहेलना खपिनसक्नु छ ,न्याय पाइएला कि भन्ने आश त थियो, तर स्थानीय सरकार ले मेरो पिडा बुझ्न सकेको छैन आर्थिक मिलोमतो गरौ भन्दै नभए तलाइ समेत कारवाही हुन्छ भनेका छन म अन्यौलता मा छु ।

पारिवारिक स्रोतको दाबी

घटनालाइ जसरि भएपनि स्थानीय स्तरमा नै ढाकछोप गर्ने र आर्थिक चलखेल को आशंका गरिएको छ। करिव दश दिन देखि गाउँपालिका तिर निज शिक्षक कर्मचारी लगायतका मान्छेले गाउँपालिका मा कोठबार्ता गर्दे आएको र बलात्कारी को बचाउमा लागेको पारिवारिक स्रोतको दाबी छ। शिक्षक कर्मचारी लगायत का स्थानीय नेताहरु मुद्दा मिलाइदिनु पर्यो भन्दै बिहान बेलुका गाउँपालिका को कार्यालय तिरै छन, आफुले पटक पटक कारवाही को माग गर्दै आएको भएपनि मिलोमतो गरौ भन्ने आवाज गा पा स्तर वाट पनि आयो , मुद्दा गर्यो भने प्रहरी ले कुटपिट गर्छ ,जेल चलान गर्छ तिम्रो पनि गल्ति छ भन्दै धम्कि दिने गरेको र आफुहरु मौन बस्न बाध्य भएको बताउछन ।

यस्ता घटना हरु निज कर्मचारी र शिक्षक ले गर्दै आइरहेको यो लगायत ३/ ४ वटा घटना गुपचुप मा मिलाएको कयौ बालिका र किशोरी को जीवन र भविष्यसंग खेलवाड गरेको हुदा यस्ता क्रियाकलाप हरु नदोहोरिउन भन्नकै लागि भएपनि कारवाही को माग गर्दै आएको र गर्ने बताए।

न्यायिक समिति के गर्दै छ ?

सिगास गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक (अध्यक्ष) द्रोपती चन्द भन्नुहुन्छ” गाउँपालिका मा न्यायिक समिति छ ,कानुनि सल्लाहकार छैन यो बलात्कार को घटना आफुले मौखिक रुपमा सुनेको, सामाजिक सन्जाल र पारिवारिक स्रोतबाट जानकारी भएको भएपनि आधिकारिक रुपमा उजुरि नआएको र किशोरी को अवस्था मानसिक रुपमा ठिक छैन भन्ने सुनेको तर आधिकारिक जानकारी नआएकाले न्यायिक समिति यस विषयमा पुर्ण जानकार नरहेको बताउनुभयो। उता गाउँपालिका अध्यक्ष ले मिलाउन खोजेको विषयमा न्यायिक समिति ले त्यस्तो चलखेल र हस्तक्षेप गरेको छैन र यसमा न्यायिक समिति को सम्बन्ध नै छैन । गाउँपालिका अध्यक्ष को हस्तक्षेप मलाइ थाहा भएन, म कारवाही को पक्षमा छु” चन्दले बताउनुभयो ।

आज सम्म को तथ्याङ्क हेर्दा सयौ घटनाहरु छन जो गाउँपालिका सम्म पुग्न नपाउदै न्यायको आश मर्छ र पिडित बाध्य भएर अन्याय सहनुपर्ने अवस्था देखिएको छ।

प्रतिकृया दिनुहोस