आलम आतंकः सशस्त्रका तत्कालीन एसपीद्वारा घाइतेलाई जिउँदै जलाउन सहयोग गरेको स्वीकार

Aalam

काठमाडौँ । रौतहट राजपुर बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने घटनामा संलग्न रहेको भनिएका सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले आरोप स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय ९रौतहट०मा उपस्थित भएर लामाले सो घटनामा सशस्त्र प्रहरी नै खटिएको बयान दिएका छन् ।

विस्फोट र घटनाका मुख्य अभियुक्त मोहम्मद अफ्ताब आलमलाई तत्कालीन सीडीओ दुर्गा भण्डारीले नै संरक्षण गरेको उनको दाबी छ । यो खबर आजको नयाँ पत्रिकामा प्रकाशित भएको छ । बम विस्फोटको सूचना पाएपछि आफूले भण्डारीसँग अनुमति मागे पनि उनले नेपाल प्रहरीले अनुसन्धान गर्ने भन्दै रोकेको लामाले बताएका छन् ।

विस्फोटमा घाइते भएकालाई ट्याक्टरमा राखेर इँटाभट्टामा पुर्याउन सशस्त्रकै प्रहरीले स्कर्टिङ गरेको विभिन्न अनुसन्धान र प्रत्यक्षदर्शीको दाबी छ । पहिलो संविधानसभा निर्वाचनमा बुथछेउ बम पड्काउने र मतदातालाई तर्साएर बुथ कब्जा गर्ने योजनाअन्तर्गत बम बनाइएको थियो ।

बम बनाउने क्रममा २७ चैत ०६४ मा विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीको दाबी छ । घटना लुकाउन घाइतेलाई समेत बेहोस हुने सुई लगाएर इँटाभट्टामा हालेर जलाइएको पीडितले बताएका छन् । उक्त अभियोगमा अहिले आलम जेलमा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...