रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका ६ जनामा कोरोना सक्रमण पुष्टि

1599465976 machindra

काठमाडौँ ।  प्रशासनको निर्देशन विपरित रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप हुँदा गएको बिहीबार पक्राउ परेका मध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गएको बिहीबार रथ तान्ने क्रममा भएको तनावले झडपको रुप लिँदा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो।

उनीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा ११ जनाको रिपोर्ट आउँदा ६ जनामा संक्रमण पुष्टि भएको हो । अरु ९ जनाको भने रिपोर्ट आउन बाँकी छ । संक्रमण देखिएका र अरुलाई पनि अहिले आइसोलेशनमा राखिएको छ ।

बिहीबार रथ तान्ने क्रममा विवाद हुँदा ठूलो संख्यामा मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सहभागी भएका ६ जनामा संक्रमण पुष्टि भएपछि अरुमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंका छ । शुक्रबार कर्फ्यू लगाइएकोमा आइतबार रथ तानिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...