गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

Death sign

काठमाडौँ । गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । आइतबार विहान प्रदेश जनस्वास्थ्य प्रयोगशला पोखराबाट प्राप्त रिपोर्टका अनुसार ती महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले बताए ।

गोरखा नगरपालिकाकी ७५ वर्षीय महिलाको अचेत अवस्थामा गोरखा अस्पतालमा उपचारको व्रmममा शनिबार मृत्यु भएको थियो । शुक्रबार उनको परिवारका सदस्यहरुमा कोरोना देखिएपछि शनिबार विहान उनको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । शनिबार दिउँसो दुई बजे अस्पतालमा ल्याइएको उनलाई साढे चार बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

महिलामा कोरोना पुष्टि भएपछि उपचारका संलग्न पाँच जना स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा बसेका अस्पतालले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निधन भएकी महिलाको शव अन्तेष्टिको तयारी भइरहेको जानकारी दिए । कोरोना संक्रमित भएका व्यक्तिको शवको अन्तेष्टि नेपाली सेनाले गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस