६ महिनादेखि रोकिएको रातो मत्स्छेन्द्रनाथको रथयात्रा नित्य पूजाबाटै अन्त्य गरिने

Ratha yatra sathagit

काठमाडौं । बिहीबार रातो मत्स्छेन्द्रनाथको रथ यात्रा गराउने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ४ बजेदेखि राती १० वजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ ।

रथ यात्राकै क्रममा अराजक समुहले ट्राफिक प्रहरीका जवानमाथि जाइ लाग्यो । उनी घाइते छन् । सो घटनामा संलग्न रहेको भन्द्र प्रहरीले ९ जनालाई पक्राउ पनि गरेको छ । उनीहरुलाई क्वारेन्टिनमा राखेको छ ।

सरकारले निषेधाज्ञासमेत जारी राखेको समयमा अत्याधि भीड बढेर स्थिती असामान्य बन्ने अवस्था आएपछि विगत ६ महिनादेखि रोकिएको रातो मत्स्छेन्द्रनाथको रथयात्रा नित्य पूजा गरेर अन्ततः गर्ने निर्णय गरिएको छ ।

बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्तिमार्फत रोकिएको रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने जनाएका हुन् । बिहिवार दिउँसो रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच भएको झडपपछि सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै भाद्र १९ गते क्षमा पूजा गर्ने, भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र छ्वयलाबु गर्ने र २२ गते भुज्याय् मनाउने साइत हेर्ने निर्णय गरेको छ । बैठकले भाद्र २६ गते मत्स्छेन्द्रनाथको रथलाई बुंगमती लैजाने निर्णय गरिएको पनि विज्ञप्तिमार्फत जनाइएका छ ।

सो विज्ञप्तीमा असम्बन्धित व्यक्तिहरुले निम्त्याएको भीडले अराजकता ल्याएकोमा आपत्ति जनाइएको छ । सो विज्ञप्तीमा अनियन्त्रित समुहले अराजकता मच्चाउँदा स्थिती बिग्रिएकोमा खेद प्रकट गरिएको छ ।

 

प्रतिकृया दिनुहोस