यी हुन् मिर्गौला फेल हुनुका कारण

Kidney 5812a945cde340.74719060

काठमाडौँ । मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन अर्थात विषाक्त वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । यसले शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिज पदार्थलाई सन्तुलित बनाएर राख्छ ।

यदि कुनै कारणले मिर्गौलाले रगत फिल्टर गर्न वा फोहोर बस्तुलाई बाहिर निकाल्न नसकेमा मिर्गौला फेल भएको मानिन्छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रका मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा.पुकार श्रेष्ठले आजको नयाँ पत्रिका दैनिकमा लेखेको जानकारी अनुसार मिर्गौला फेल हुनुका विभिन्न कारण छन् ।

सहरी अस्तव्यस्त जीवनशैली, अस्वस्थ खानपानलाई मिर्गौला फेल हुनुको मुख्य कारण मान्न सकिन्छ । उच्च रक्तचाप मिर्गौला फेल हुनुको प्रमुख कारण हो । रक्तचापको कारण धमनीमा अत्यधिक दबाब पर्ने भएकाले मुटुको साथै मिर्गौलामा पनि असर पर्छ । यसले मुटुको साथै मिर्गौलामा पनि असर पुग्छ ।

मधुमेहले पनि मिर्गौला खराब हुन्छ । गलत खानपान र अस्वस्थ जीवनशैलीका कारण मधुमेहको समस्या बढ्दै गइरहेको छ । मधुमेहले पनि मिर्गौला फेल हुन्छ । मिर्गौलामा हुने समस्या अर्थात ‘क्रोनिक किड्नी डिजिज’ले बिस्तारै मिर्गौलाको कार्य क्षमतामा ह्रास ल्याउँछ।

यस्तै मिर्गौलामा हुने पत्थरीका कारणसमेत मिर्गौला फेल हुन सक्छ । वंशानुगत कारणले पनि मिर्गौला फेल हुनसक्छ । व्यायाम, खानामा व्यवस्थापन, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउने हो भने मिर्गौलाको समस्याबाट बच्न सकिन्छ ।

सामान्यतया मिर्गौला ९० प्रतिशत फेल भएपछि मात्र लक्षण देखिने भएकाले अन्तिम उपाय डायलाइसिस र प्रत्यारोपण मात्रै बाँकी रहन्छ । त्यसैले हामी समयमै सचेत हुनुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...