कलेजो प्रत्यारोपण विशेषज्ञ नेपाली डाक्टरको नयाँ दिल्लीमा भेटयो शव

Nepali dr sujit shaha

काठमाडौं । कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सुजितकुमार साहको भारतको नयाँ दिल्लीमा शव फेला परेको छ । मेदान्त अस्पताल गुरुग्राममा कार्यरत ४१ वर्षीय डा. साहको हिजो शव फेला परेको थियो ।

मेदान्त अस्पतालमा सन् २०१६ देखि कार्यरत साह रोबोटिक सर्जन हुन् । सिरहाका स्थायी बासिन्दा साहका श्रीमती र एक छोरी छन् । भारतीय सञ्चारमाध्यमले डा. साहले आत्महत्या गरेको दावी गरेका छन् ।

परिवार हिमाञ्चल प्रदेशमा बस्ने भएकाले उनी फ्ल्याटमा एक्लै थिए । डा. साहले आफू बस्ने फ्ल्याटको भुइँमा उनको शव फेला परेको थियो । प्रहरीले ८ औँ तलाको बालकोनीबाट हामफालेर डा. साहले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट एमबिबिएस गरेका साहले एम्सबाट एमसिएच गरेका थिए । उनका दर्जनौँ लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । छोरो समयमा डा. साहले कलेजो प्रत्यारोपणमा भारतमै चर्चा प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...