निषेधाज्ञामै बढ्यो पेट्रोलको मूल्य, अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पर्ने

Petrol pump 16

काठमाडौं । निषेधाज्ञा जारी रहेकै बेला सरकारले पेट्रोलको मूल्य बढाएको छ । अहिले भने निषेधाज्ञा भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ ।

नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । यो मूल्य मंगलबार राती १२ बजेदेखि लागू हुनेछ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर ९आज०मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस