भदौ २२ गतेसम्म मध्य रातीसम्म निषेधाज्ञा कायमै रहने

Biratnagar get

विराटनगर । मोरङमा भदौ २२ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ । भदौ ५ गतेदेखि सुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गर्दै २२ गते राती १२ बजेसम्म कायम रहने निर्णय गरिएको हो ।

सरकारी कार्यालयले भदौ २१ गतेदेखि तालिका मिलाएर सेवा सञ्चालन गर्नुपर्ने भएको छ । अब शनिबार बाहेकका दिनमा पसलहरु दिउँसो ४ बजेसम्म खुल्ने भएका छन् । यस अगाडी भदौ १० गते जारी गरेको निषेधाज्ञामा १२ बजेसम्म पसलहरु खोल्ने भनिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० बमोजिम मोरङ जिल्लाभरी नै लागु हुनेगरि निषेधाज्ञा जारी गर्नु भएको हो । संक्रामक रोग ऐन २०२० अनुसार नागरिकको जीवन रक्षा गर्दै जिल्ला प्रशासन कार्यालयले जारि गरेको निषेधाज्ञा अझै लचिलो बनाइएको छ ।

सम्बन्धित व्यवसायीले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेछ । भारत तथा तेस्रो मुलुकबाट मालवस्तु लिएर आईसीपीबाट नेपाल प्रवेश गर्ने मालवहाक सवारी साधन उद्योग बाहेक अन्यन्त्र रोक्न पाउने छैनन् । उद्योग परिसरमा प्रवेश गरिसकेका यस्ता मालवहाक सवारीको अनिवार्य निसंक्रमण गर्नुपर्ने उल्लेख गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...