रौतहट घटनाको विरोधमा जाजरकोटका अधिकारकर्मीले सिडियोलाई बुझाए ज्ञापनपत्र

Jajrkot gyapan patra

जाजरकोट । रौतहट गरुडा नगरपालिका–८ जिगडियाका १९ वर्षीय विजय रामको हिरासतमा चरम यातनाबाट मृत्यु भएको भन्दै रौतहट लगायतका जिल्लामा आन्दोलन चर्किरहेका बेला जाजरकोटका अधिकारकर्मीहरुले सो घटनाको विरोध जनाएका छन् ।

सोमबार जाजरकोटका अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै सो घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । उनीहरुले सो घटनाको सत्य तथ्य छानविनको माग पनि गरेका छन् ।

जिल्लाका अधिकारकर्मीहरुले प्रजिअ रेग्मीलाई बुझाइएको ञापन पत्रमा भनिएको छ, ‘यस्ता अपराधिक, अमानवीय घटनाहरुको सत्यतथ्य, निष्पक्ष अनुसन्धान तथा छानविन गरी दोशीलाई कडाभन्दा कडा कारवाही गरयोस् ।’

जाजरकोटकी दलित अधिकारकर्मी पार्वती बिक, राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष धनमल बिक, भेरी नगरपालिका वडा नं. ४ की वडा सदस्य झुपी सुनार, अधिकारकर्मीहरु देवी परियार, सीता सुनार, पत्रकारहरु कालीबहादुर नेपाली र लोकेन्द्र विकद्धारा हस्ताक्षर गरी बुझाइएको ज्ञापना पत्रमा पीडितलाई आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र परिवारका सदस्यलाई शान्ति सुरक्षाको व्यवस्था गर्न पनि माग गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...