रामेछापको मन्थली बजारमा कुकुरले टोक्दा ८ जना घाइते, गम्भिर घाइते ४ जनालाई काठमाडौँ पठाइयो

Dog bite

रामेछाप ।  रामेछापको मन्थली बजारमा कुकुरले टोक्दा एकैदिन ८ जना घाइते भएका छन् । शनिबार सामान किन्न बजारमा आएका मानिसलाई कुकुरले टोकेको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले जानकारी दिए ।

घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने अन्यको मन्थलीकै तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । नगरप्रमुख बस्नेतको अनुसार भुस्याहा कुकुरले एक महिनाअघि पनि दुःख दिएको थियो ।

रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए । मानिस देख्ने वित्तिक्कै जथाभावी टोक्दै हिडेको एउटा कुकुरलाइ भने  स्थानीयले मारेका छन् । कोरोनाको त्रासमा बसिरहेका मन्थलीमा कुकुरले थप आतंकित बनाएको छ ।

प्रतिकृया दिनुहोस