दाङ जाँदै गरेको जीप सल्यानमा दुर्घटना, दुईको मृत्यु, आठ घाइते

Accident news

काठमाडौँ । सल्यानको त्रिवेणी गाउँपालिका–४ फलावाङस्थित बडागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सल्यान फलावाङबाट दाङ जाँदै गरेको रा १ ज ४३२ नम्बरको जीप बिहान साढे १० बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

मृत्यु हुनेमा फलावाङका ६० वर्षकी कृष्ण देवी परियार र ५९ वर्षीय यज्ञी थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डिएसपी धकेन्द्र खतिवडाले जानकारी दिए । दुर्घटनामा सवारी चालक सन्दीप परियार समेत घाइते भएका छन्। उक्त जीपमा १० जनामात्रै सवार थिए ।

घाइतेको दाङ स्थित तुलसीपुर अस्पतालमा उपचार भइरहेको खतिवडाले जानकारी दिए । केही गम्भीर घाइते समेत रहेको र केहीलाई नेपालगन्जका लागि रिफर गर्न लागेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...