चिकित्सकको लापरवाहीले एपेन्डिक्सको अप्रेशन गर्दा विरामीको मृत्यु

Laxmi rasaili 1

पाल्पा । चिकित्सकको लापरवाहीका कारण पाल्पामा युवतीको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–८, की १७ वर्षीय लक्ष्मी रसाइलीको एपेन्डिक्सको अप्रेशनको क्रममा मृत्यु भएको हो ।

लुम्बिनी मेडिकल कलेज पाल्पामा शनिबार उपचारका लागि आएकी रसाइलीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको हो । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् । उनको शब भैरहवा मेडिकल कलेज रुपन्देहीमा रहेको छ ।

रसाइलीको आइतबार लुम्बिनी मेडिकलमा एपेन्डिक्सको अप्रेशन गरिएको थियो । मेडिकल कलेजमा अप्रेशन गर्दा नसाबाट अत्याधिक ब्लिडिङ भएको भन्दै लुम्बिनी मेडिकलका चिकित्सहरुले नै थप उपचारका लागि भैरहवा लगेका थिए । तर, सो अस्पतालमा उनको मृत्यु भएको थियो ।

मृतकका आफन्तले भने मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको बताएका छन् । उनीहरुले कलेजले गरेको अप्रेशन सफल नभएर भैरहवा पुर्‍याउँदा मृत्यु भएको आरोप लगाए । मृतककी आमा रेश्मा विश्वकर्माले सामान्य पेट दुखेर अस्पतालमा ल्याउँदा छोरी गुमाउनुपरेको बताइन् ।

समस्या जटिल भएपछि भैरहवा लगियो । भैरहवा लैजाँदा आफन्तहरुलाई सँगै जान नदिएको आफन्तले बताएका छन् । डाक्टरहरुले नै एम्बुलेन्समा राखेर लैजानु भयो, हामीलाई सँगै जान पनि दिइएन’ आफन्त टिकाराम विश्वकर्माले ‘साधारण एपेन्डिक्समा बिरामीको अप्रेशन जटिल बनाईएको छ ।’

यता, कलेजका वरिष्ठ सर्जन डा. राजकुमार क्षेत्रीले अप्रेशन गरेर एपेन्डिक्स निकालिएको बताएका छन् । ‘उहाँको नसाबाट रगत बगिरहेको रहेछ । बाहिरी पेट खोलेर एपेन्डिक्स निकालियो’ उनले भने, ‘नसा फूटेको थियो जसलाई हाम्रो पहलमा भैरहवा विशेषज्ञकोमा पुर्‍याउँदा पनि सफल हुन सकेनौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...