धनकुटामा पिसिआर मेसिन माग गर्दै पूर्वमन्त्री थापाले बुझाए स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

Sunil thapa gyapan patra

काठमाडौं । पूर्वमन्त्री तथा संविधानसभा सदस्य सुनीलबहादुर थापाले धनकुटा अस्पतालमा पिसिआर मेसिनको माग गर्दै स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएका छन् ।

सूर्यबहादुर थापा प्रतिस्ठानका अध्यक्षसमेत रहेका थापाले तत्काल धनकुटामा ४ थान भेन्टिलेटर र कोरोना टेष्टका लागि पिसिआर मेसिन उपलब्ध गराउन माग गरेका हुन् । उनले मन्त्री ढकाललाई स्वास्थ्य मन्त्रालयमा भेटी कोशी पहाडी जिल्लामा कोरोना संक्रमणको परीक्षणको दायरा बढाउन माग पनि गरे ।

सो ज्ञापनपत्र बुझ्दै मन्त्री ढकालले आफुले धनकुटामा प्रदेश सरकारमार्फत तत्काल पिसिआर मेसिन उपलब्ध गराउने प्रतिवद्धता जनाए । मन्त्री ढकालले विकासका लागि स्व. सूर्यबहादुर थापाले दिएको योगदानको चर्चा गरेका थिए ।

यसअघि पनि स्वास्थ्य मन्त्रालयले सूर्यबहादुर थापा फाउण्डेसनमार्फत धनकुटा अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ भने लकडाउनका समयमा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिइ, माक्स, ग्लोब्स लगायतका स्वास्थ्य सामागी वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस