अपहरणकारी पक्रन दाङमा प्रहरीको दुई राउन्ड हवाई फायरिङ

Gun

काठमाडौँ । इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको छ । तुलसीपुर उपमहागरपालिका वडा नं. ३ खमारीका अपहरणकारी १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिन दुई राउन्ड फायर गर्नु परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।

गत शनिबार उनीहरुले मोटरसाइकलमा फर्कदै गरेका एक युवा र युवतीलाई बन्धक बनाइ अस्लिल भिडियो समेत बनाएका थिए। सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै रकमका लागि धम्की दिँदै आएका थिए।

गत शनिबार दिउँसो साढे ३ बजेतिर रा ४ प ६०८३ नम्बरको मोटरसाइकलमा तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ खमारीस्थित चमेरे गुफाबाट फर्किँदै गर्दा उनीरुलाई स्थानीय युवाहरुले बन्धक बनाएका हुन् ।

अस्लिल भिडियो बनाएपछि ५ लाख रुपैयाँ नदिए सार्वजनिक गरिदिने भन्दै धम्की दिँदै आएका थिए । डिएसपी योगीका अनुसार पक्राउ परेका तीन जना र फरार दुई जना समेत गरी ५ जना युवाले अपहरणपछि सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा लगी कुटपिट गरेका थिए ।

डर त्रास देखाई अस्लिलता प्रकट हुनेगरी भिडियो बनाएको र त्यसैका आधारमा बार्गेनिङ गर्ने गरेको योगीले जानकारी दिए। उक्त दिन ति अपहरणकारीले युवायुवतीको सवारी चालक अनुमति पत्र र २ थान मोवाईल खोसेर लगेका थिए ।

सोही जाहेरीका आधारमा सोमबार एकाविहानै तुलसीपुर ३ खमारी क्षेत्रमा प्रहरी परिचालित भएको थियो । अपहरणकारी भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई फायर गर्नु परेको डिएसपी योगीले बताए ।

विहान साढे ७ बजे तिर प्रहरीले दुई राउन्ड गोली फायर गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएता पनि घटनामा संलग्न मध्य २३ वर्षीय इश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको योगीले जानकारी दिए। उनीहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...